स्वास्थ्य

कोरोनाको शंका भए उपत्यकाका यी १४ अस्पतालमा दिन सकिन्छ स्वाब

साउन २०, २०७७

    काठमाडौं : राजधानी उपत्यकामा कोरोना भाइरस (कोभिड-१९)  संक्रमण बढ्दै गएपछि सरकारले परीक्षणको दायरा ह्‍वात्तै बढाएको छ।

    कोरोनाका शंकास्पद संक्रमितको खोजी र पहिचान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका थप १४ वटा अस्पताललाई नमुना (स्वाब)  संकलन गर्ने बुथ तोकेको छ।

    मन्त्रालयले जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरु, शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुले नजिकको बुथमा आफ्नो स्वाब दिन भनेको छ।

    त्यसरी तोकिएका बुथहरूमा पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल र त्रिवि शिक्षण अस्पताल रहेका छन्। यस्तै वीर अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, प्रसूति अस्पताल, सशस्त्र (युनिफाइड) अस्पताल बलम्बुलाई पनि स्वाब संकलन गर्ने बुथ तोकिएको छ ।

    यसैगरी स्टार अस्पताल सानेपा, ह्याम्स अस्पताल धुम्बाराही, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र नेपाल कोरिया मैत्री अस्पताललाई पनि नमूना संकलन गर्ने बुथ तोकिएको छ।

    यी बुथहरूमा विहान ९ बजे देखि १ बजेसम्म पुगेर नमुना दिन सकिनेछ । मन्त्रालयले यसबाहेक सम्पूर्ण हव अस्पताल, कोभिड क्लिनिक अस्पतालहरू, कोभिड अस्पताल लेभल १,२ र ३ अस्पतालहरुमा पनि गएर नमूना दिन सक्ने स्पष्ट पारेको छ ।

    पछिल्ला दिनमा काठमाडौँमा जोखिमयुक्त ठाँउबाट आउने क्रम बढी भएको र संकास्पद विरामीको सम्पर्कमा गएका व्यक्तिहरुका लागि नमूना दिने उपयुक्त स्थान नभएर अफ्ठ्यारो भएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]