|

श्रीलङ्कामा भोली आम चुनाव हुँदैछ। विश्वभर कोरोना महामारी चलिरहेका बेला श्रीलङ्काका जनताले भोली संसदीय चुनावमा मतदान गर्ने भएका हुन्। 

२२५ सांसद चुन्न त्यहाँका करिब १ करोड ६२ लाख नागरिकले मताधिकार प्राप्त गरेका छन्। सात हजार ४५० जना उम्मेदवार संसदीय प्रतिष्पर्धामा उत्रिएका छन्। 

कोरोना संक्रमित करिब ४०० मतदाताले भने मताधिकार प्रयोग गर्न पाउने छैनन्। साथै, १४ दिन क्वारेन्टाइनमा बसेका र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुका लागि अलग्गै मतदान केन्द्र तोकिएको छ। 

चुनाव आयोगका अध्यक्ष महिन्दा देशप्रियाले चुनावी प्रकृयाका कारण देशमा कोरोना संक्रमितको संख्या वृद्धि नहुने दावी गरेका छन्। 

भोट खसाल्न जाने मतदाताहरूले कालो या निलो कलम पनि आफैं बोकेर जानुपर्ने भएको छ। सोही कलमले मत दिन चाहेको चुनाव चिन्हमा रुजु लगाउनुपर्नेछ। कलम नलैजाने मतदातालाई चुनाव आयोगले नै निसंक्रमण गरिएको कलम दिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.