समाज

राजश्‍व अनुसन्धानका बुटवलका प्रमुख घुस लिँदालिँदै पक्राउ

साउन २०, २०७७

    काठमाडौं : राजश्‍व अनुसन्धान बुटवल कार्यालयका प्रमुख विजय राना घुस लिँदा लिँदै कार्यालयबाटै पक्राउ गरेका छन्। 

    बुटवल–१३ बुद्ध चोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुस बापत २ लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए।

    रानालाई व्यापारीसँग महिनामहिनामा पैसा लिने गरेको भन्‍ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आज बिहान पक्राउ गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बुटवलकै नयाँगाउँस्थित कार्यालयमै घुस रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो। 

    अख्तियारको टोलीले यसअघि बाँके राष्ट्रिय निकुञ्‍‍जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई केही दिनअघि ८ लाख ९८ हजार घुससहित पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]