|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीसहित १५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ। संक्रमित हुनेहरुमा अधिकांश प्रहरी रहेका छन्। 

स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो। 

यसअघि संक्रमित २ जना प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा १ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा कोरोना पोजेटिभ देखिएको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार संक्रमण देखिएकामा अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ। 'हामीले पाएको प्रारम्भिक जानकारी अनुसार १५ जनामा संक्रमण देखिएको छ। त्यसमा सुरक्षाकर्मीको संख्या धेरै छ', उनले भने, 'अहिले नै संक्रमितहरुको विस्तृत विवरण भन्‍न सकिँदैन। यस विषयमा स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनेछ।'

अख्तियारबाट प्रहरी प्रधान कार्यालयमा सरुवा भएका एक प्रहरी नायव निरीक्षकसहित दुईजनामा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.