|

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।  देशभरका प्रयोगशालामा गरिएकाे नमुना परीक्षणबाट हालसम्म  संक्रमित हुनेकाे संख्या कुल २१ हजार ९ जना संक्रमित पुगेकाे छ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।  जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्।  त्यस्तै, गत २४ घण्टामा ६५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ।

विभिन्न स्थानमा गरिएको परीक्षणमा मंगलबार काठमाडौंमा ४८ जनामा संक्रमण देखिएको छ। त्यस्तै भक्तपुरका १३ जना र ललिपुरका पनि एक जनामा संक्रमण देखिएको मिडिया ब्रिफिङमा गौतमले जानकारी दिएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.