|

जनकपुरधाम : लामो विवादपछि भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा जनकपुरधामको माटो र चाँदीका इँटा प्रयोग हुने भएको छ।

जनकपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले राम मन्दिरका लागि माटो र चाँदीका इँटा लिएर अयोध्या प्रस्थान गरेका छन्। आज दिउँसो साढे ५ बजे जानकी मन्दिरबाट हिँडेका हुन्। उनी नगराइन नगरपालिकामा पर्ने जटही नाकाबाट भारत प्रवेश गर्नेछन्।

राम मन्दिर निर्माणका लागि अयोध्यामा भोलि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भुमिपूजन हुने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहितको सहभागिता रहने छ। सोही भुमिपूजन समारोहमा महन्थ दासले जनकपुरको मोटो र ५ किलो चाँदीका ५ इँटा हस्तान्तरण गर्नेछन्।

महन्थ दासले मिथिला र अवधको सम्बन्ध कायम राख्न अयोध्यामा बन्ने भगवान् राम मन्दिरका लागि जनकपुरको मोटो र चाँदीका इटा उपहार दिन लागेको बताएका छन्।  जानकी मन्दिरका महन्थ रोषण दासका अनुसार राम मन्दिर निर्माणका लागि आयोजना गरिने भूमिपूजनमा सहभागी हुन अयोध्याबाट निमन्त्रणा आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.