|

कपिलवस्तु : नेपालबाट अवैध रुपमा नेपाली रुपैयाँ भारत लैजाने काममा संलग्न एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। भारतबाट लुकिछिपी नेपाल आउँदै गर्दा मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनार समातिएका हुन्। सोनारबाट प्रहरीले १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ। 

मायादेवी–४ ठकुरापुर गोब्ली बगैंचाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन् उनी। ठूलो रकमसहित फेला परेपछि सशस्त्र प्रहरीले सोधपुछ गर्दा रकमको स्रोत बताउन नसकेपछि नियन्त्रणमा लिएको थियो। 

सोनारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक धुव्र कार्कीले बताए। उनी सुन तस्करीमा संलग्न हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ। पक्राउ परेका सोनारको साथबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी बरामद गरिएको जनाइएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.