|

बाँके : बाँकेमा जारी निषेधाज्ञाका क्रममा एटिएमबाहेक अन्य सबै सेवा बन्द गरिने भएको छ। कोरोनाको संक्रमण र फैलावट कम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले यही शनिबारसम्म जारी निषेधाज्ञाका क्रममा एटिएममात्रै सञ्‍चालन गर्न दिने निर्णय लिएको हो।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मंगलबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी शनिबार राति १२ बजेसम्म जारी रहने निषेधाज्ञाका क्रममा अरु सबै कुरा बन्दलाई निरन्तरता दिएको हो। 

बैठकले निषेधाज्ञा चार दिने लम्ब्याउने निर्णयसहित एटिएमबाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको उपाध्यायले जानकारी दिएका छन्।

यसअघि शनिबार राति १२ बजेबाट सुरु भएको निषेधाज्ञा आज मंगलबार राति १२ बजे सकिँदै थियो। बाँकेमा पछिल्ला दिनमा सरकारी, सेवाग्राही कार्यालयका कर्मचारी, कैदी, जनप्रतिनिधि र प्रहरीमा पनि कोरोना देखिएपछि नेपालगन्जमा समुदायमै कोरोना फैलिएको पुष्टि भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.