|

बारा : निजगढ नगरपालिका वडा नम्बर १३ का ८० वर्षीय पदम बहादुर थिङ मृत भेटिएका छन्। मंगलबार बिहान घरबाट खाना खाएर उनी वृद्ध भत्ता लिन हेटौंडा उपमहानगरपालिका-८ बसामाडीतर्फ हिँडेका थिए।

उनको शव निजगढ नगरपालिका वडा नम्बर १३ को शक्ति बगर स्थित काँसघारीमा घोप्टो परेको अवस्थामा फेला परेको हो।

स्थानीयहरुले शव देखेपछि जनप्रतिनिधिमार्फत प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाई शवलाई थप अनुसन्धान र पोस्टमार्टमका लागि रौतहट चपुर हस्पिटलमा पठाइएको प्रहरी निरीक्षक विकास थपलियाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.