|

जनकपुरधाम : कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेपछि प्रदेश २ सरकारले आइसोलेशनमा शय्या थप्ने निर्णय गरेको छ। कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा तत्काल ५०० शय्या थप्ने निर्णय गरेको हो।

प्रदेशमा कोरोना महामारीले भयावह रुप लिन थालेपछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीतिबारे छलफल गर्न मंगलबार सर्वपक्षीय बैठक बोलाएका थिए। उक्त बैठकले प्रदेशमा तत्कालै उपचारसहितको ५०० आइसोलेशन शय्या थप्ने निर्णय भएको हो।

महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णयहरु तत्काल कार्यान्वयका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ। यस्तै, कोरोना परीक्षणको दायरा बढाउन प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्ने र सीमा नाकालाई थप कडा गर्ने निर्णय पनि गरेको छ।

बैठकमा सामाजिक विकास मन्त्री नवल किसोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेशसभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुनकुमार पोखरेल, डा. राम केवल साह, जीतेन्द्रकुमार यादवसहितको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.