|

बाग्लुङ : धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङको प्रि–आइसोलेसन कक्षमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ।

प्रि-आइसोलेसन कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना पोजेटिभ पुष्टि भएपछि ओपिडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए।

ती नर्समा कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा मंगलबार पोजेटिभ रिपोर्ट आएको डा. पोखरेलले बताए। नर्समा संक्रमण पुष्टि भएपछि मंगलबार राति नै अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ।

अस्पतालका प्रमुख डा. पोखरेलले मंगलबार साँझ सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्म अस्पतालको ओपिडी सेवा बन्द गरिएको जानकारी गराएका छन्। संक्रमित नर्ससँग सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द गरिएको पोखरेलले जनाएका छन्।

यसअघि जैमिनी नगरपालिकाका स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो। उनको दोस्रो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि धौलागिरि अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.