|
फाइल फाेटाे

काठमाडौं : आज विहान युएई र कतारबाट ४ सय ५९ जना नेपाली स्वदेश आएका छन्। युएईबाट हिमालय एयरको दुइ वटा उडानमार्फत् ३ सय ८ जना नेपाली स्वदेश फर्किका छन्। कतारको दोहाबाट नेपाल एयरको एउटा उडानमार्फत १५१ जना नेपाली आइपुगेका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।  

युएई, कतार र साउदी अरबबाट गरी आज बेलुकीसम्म १४ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्कँदै छन्। प्राधिकरणका अनुसार युएईबाट मात्रै साँझसम्म पाँच वटा उडानमार्फत ९ सय भन्दा धेरै नेपाली आउन लागेका छन्।  

दिउँसो साउदी अरबको दमामबाट हिमालय एयरको विमानमार्फत् १५४ र कतार एयरवेजको विमानबाट २५० जना आउन लागेका प्राधिकरणले जनाएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.