|

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमण थप भएको छ। 

बुधवार ५ जना थप भए पछि समुदायमा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ। थप भएका मध्ये नगरपालिकामा कार्यरत १ सब इन्जिनियर सहित २ कर्मचारी , १ स्वास्थ्यकर्मी, र २ जना नेपाल बैङ्क कृष्णनगरका कर्मचारीमा रहेका छन्। समुदायमा समुदायमा कोरोना जाँच गर्नका लागी कृष्णनगर नगरपालिकाबाट १३३ नमुना सङ्कलन गरिएको थियो।​

मङ्गलवार १ बैङ्कका कर्मचारी, १ जना स्थानीय व्यापारी , १ जना शिक्षक र २ विद्यार्थीमा कोरोना देखिएको थियो। जिल्लामा कुल ८११ सङ्क्रमित मध्ये ६३ जना उपचाररत रहेका छन्। समुदायमा कोरोना परीक्षण गराउँदा महाराजगन्ज नगरपालिका र यशोधरा गाउँपालिकामा कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.