|

सोलुखुम्बु : जिल्ला सदरमुकामनजिक रहेको फाप्लु विमानस्थलमा वाक थ्रु मेटल डिटेक्टर मेसिन जडान गरिएको छ। विमानस्थल सञ्चालमा आएको ४४ वर्ष पछि उक्त मेसिन जडान गर्न सफल भएको नेपाल नागरिक उड्यन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए।

कार्यालयका अनुसार हिमाली जिल्ला सोलुखुम्बुलाई हवाई मार्गमा जोड्ने उदेश्यले निर्माण गरिएको बिमानस्थलमा पहिलोपटक २०३२ सालमा पिलाटस बिमानले उडान भरेको थियो भने २०३४ साल देखि तुईनेटर बिमानले उडान भर्न सुरु गरेको थियो।

नेपाल नागरिक उड्यन प्राधिकरण प्रधान कार्यालय हवाई सुरक्षा विभागको आर्थिक लगानीमा उक्त मेसिन जडान गरिए पछि चेकजाँचमा सहज हुने बिमास्थल कार्यालयले जनाएको छ। यसअघि प्रहरी कर्मचारीले हातले चेकजाँच गर्नुपर्ने बाध्यता थियो। अब भने कुनैपनि व्यक्तिले संवेदनशील सामग्री बोकेको खण्डमा साइरन आफैँ बज्ने हुँदा सहज हुने कार्यालयको भनाइ छ।

सञ्चालनमा छैन

फाप्लु विमानस्थमा विशिष्ट कक्ष भए पनि सञ्चालनमा ल्याउन नसकिएको विमानस्थल प्रमुख शर्माको भनाई छ। विशिष्ट कक्ष छ, तर आवश्यक सामग्री व्यवस्थाको लागि बजेट अभाव हुँदा सञ्चालन गर्न सकिएन।' प्रमुख शर्माले भने, 'सम्‍बन्धित निकायमा पहल गरिरहेका छौ, सगरमाथाको जिल्ला भएकाले पनि यो अति महत्वपूर्ण छ।'

भौतिक संरचनाको हिसाबले बिमानस्थलमा सुधारको कार्य आवश्यक रहेको प्रत्यक्षदर्शीको भनाई छ। अपाङ्मैत्री संरचना नहुँदा बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाईसमेत सेवा लिन समस्या हुनेगरेको छ। धावन मार्ग सम्म जान तथा आउनको लागि निक्कै कठिन हुने गरेको स्थानीय कान्छा शेर्पाको भनाई छ।

यस विमानस्थलमा नेपाल एयरलाईन्स, तारा र समिट एयरले साप्ताहिक रुपमा उडान भर्दै आएका छन्। काठमान्डौ–फाप्लु तथा फाप्लु–लुक्लासमेत उडान हुने गरेको छ। खुम्बुका लागि आवश्यक सामाग्री फाप्लुबाट तेञ्जिङ हिलारी बिमानस्थल लुक्लामा ढुवानी हुने गरको छ।

फाप्लु विमानस्थलसँग संघीय तथा प्रदेश राजधानी जोड्ने सडक पिच भए छ। जसले गर्दा फाप्लु सम्म ढुवानी भएको सामाग्री हवाईसेवामार्फत खुम्बु लैजान सहज हुने व्यवसायीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.