|

लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको संख्या एक सय पुगेको छ। अन्य चार हजारभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका  छन्। एउटा गोदाममा ६ वर्षअघि देखि भण्डारण गरी राखिएको विस्फोटक पदार्थ (अमोनियम नाइट्रेट) का कारण उक्त घटना भएको अधिकारीहरुले बताएका छन्।

लेबनानका प्रधानमन्त्री हसन दियाबले यसलाई एक खतरनाक गोदाम बताउँदै त्यो सन् २०१४ मा बनाइएको बताएका छन्। साथै उनले यसलाई प्रलयकारी घटना बताउँदै दोषीहरु जिम्मेवार हुनुपर्ने बताएका छन्।

यस्तै, लेबनानका राष्ट्रपति मिशेल आउनले दुई हजार सात सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा राख्नु ‘स्वीकार्य’ नहुने बताएको छ। यो विस्फोटको आवाज दुई सय ४० किलोमिटर टाढा साइप्रससम्म पनि सुनिएको बीबीसीले जनाएको गरेको छ।

अमोनियम नाइट्रेट एक गन्धहीन तथा अत्यन्तै शक्तिशाली विस्फोटक रसायन हो। उक्त रसायनलाई खेतीका लागि उर्बर माटो बनाउन र निर्माणको लागि विस्फोटक पदार्थको रुपमा प्रयोग गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.