|

सिमरा : जितपुरसिमरा उपमहानगरका कर्मचारी र स्वास्थयकर्मीहरूसहित स्थानीयहरू गरी १७ जनाको कोरोना संक्रमण पुष्टि भएको छ।

साउन १६ गते  कोरोना संक्रमितको सम्पर्कमा आएका १ सय ५० जनाको नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरूको स्वाब परीक्षणको रिपोर्ट आज (बुधबार) मात्रै आएको हो।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख बाबुलाल सहनीले संक्रमितहरू नगरपालिकाको कर्मचारी, स्वास्थ्यकर्मी तथा नगरक्षेत्रभित्रका स्थानीय रहेको बताएका छन्। ‘हामीले र कन्ट्रयाक्ट टेसिङमा परेका १सय ५० जनाको स्वाब परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो’ प्रमुख सहनीले भने, ‘संक्रमितहरुको नाम ठेगाना पत्‍ता नलागे पनि कमचारी,स्वास्थ्यकर्मी, सिमरा क्वारेन्टाइनमा बसेका र केही स्थानीय छन्।’

यसअघि, सो नगरपालिका स्वास्थ्य शाखा प्रमुख सहनीलाई पनि कोरोना पुष्टि भएपछि उनी हाल सिमरा क्वारेन्टाइन रहेका छन् भने नगरपालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.