|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभाका क्रममा आफ्ना गीतको दुरुपयोग गरिएको भन्दै एक गायकले ट्रम्पविरुद्ध उजुरी दिएका छन्। ट्रम्पको कार्यक्रममा बिना अनुमति आफ्ना गीत बजाइएको नेइल यङ नामका रकस्टारको आरोप छ।

ट्रम्पको चुनावी सभामा यङले तयार पारेका रकि'न इन द फ्री वर्ल्डडेभिल्स साइड वाकको व्यापक प्रयोग गरिँदै आएको थियो। ‘ट्रम्पले सन् २०१५ देखि नै मेरो गीतको दुरुपयोग गरिराखेका छन्’‚ यङले भने‚ ‘मैले बारम्बार त्यसो नगर्न अनुरोध गर्दा पनि सुनेको नसुन्यै गरियो।’

ट्रम्पले कपिराइट कानुन उल्लंघन गरेको भन्दै उनले हर्जानासमेत मागेका छन्। ट्रम्पले प्रतिउल्लंघन डेढ लाख अमेरिकी डलर तिर्नुपर्ने उनको माग छ। यङको उजुरीमाथि ट्रम्पको समूहले टिप्पणी गरिसकेको छैन।

क्यानडामा जन्मिएका ७४ वर्षीय यङले निरन्तर १० वर्ष बसोबास गरेको आधारमा केही समयअघि मात्रै अमेरिकाको नागरिकता लिएका हुन्। ट्रम्पले हैरान पारेका गायकको सूचीमा यङमात्रै छैनन्‚ केही समयअघि रोलिङ स्टोन्सले पनि चुनावी सभामा आफ्ना गीतको प्रयोग नरोके ट्रम्पमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.