|

काठमाडौं : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको बिरामी समन्वय नगरी नपठाउन लाई आग्रह गरेको छ। मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा समन्वय नगरी अस्पताल पठाउँदा अस्पतालमा बेडको अभाव भई संक्रमितले घण्टौँ कुर्नुपर्ने बाध्यता हुन्छ।

समन्वयको अभाव भएकोले अबदेखि यस्तो घटना बारम्बार नदोहोर्याउन स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। यस अस्पतालमा संक्रमित पठाउँदा समन्वय कर्तासँग सम्पर्क गरेर मात्र पठाउन हुन अस्पतालले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ,' समन्वय नगरी पठाउँदा सृजना हुने परिस्थितिको जिम्मेवार पठाउने व्यक्ति,संस्था स्वयम् हुनुपर्छ।'

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.