सुशील भट्टको पहुँच प्रधानमन्त्रीको कोठासम्मै

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा विशिष्ट अवस्थाबाट गुज्रिएको बताएका छन्। राजधानीमा बुधबार केही पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा उनले नेकपा अहिले आफैं भित्रको चुनौतीसँग जुधिरहेको उल्लेख गरे।

'हामी आफैँ भित्रको चुनौतीसँग जुध्दैछौँ। ओली र प्रचण्डबीच पदको लडाइँ हो भनिएको छ अहिलेको विवादलाई। ओलीले गर्न नसकेको प्रचण्डले के गर्लान् भन्‍ने भएको छ, यसबारेमा प्रष्ट हुनुपर्छ।'​

उनले नयाँ सामाजिक आर्थिक क्रान्तितिर यही पाराले जानै नसकिने बताए। 'तीनवटा बजेट आए। बजेटले समाजवादतिर लाने काम गरेन। कमिसन एजेन्ट सुशील भट्टको प्रधानमन्त्रीको बासस्थानमै पहुँच छ। अढाई वर्षमा त विकासको लहर ल्याउन सकिन्थ्यो नि', उनले भने, 'समाजवादको के कुरा आयो त। प्रधानमन्त्रीले स्थायी कमिटी सदस्यलाई हुल्लडबाज र केन्द्रीय सदस्यलाई सडक छाप भन्‍नुहुन्छ। यसरी त हामी बिग्रिनेतिर जाँदैछौं, हामी सुधार्ने अन्तिम प्रयासमा छौं।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.