|

काठमाडौं : इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड अस्ट्रियन क्लब लास्कलाई पराजित गर्दै युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। 

घरेलु मैदान वल्ड ट्राफोडमा गएराति सम्पन्न खेलमा लास्कलाई २–१ गोलले पराजित गर्दै युनाइटेडले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। युनाइटेडको जितमा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले १–१ गोल गरे। पाहुना टोली लास्कका लागि फिलिप वेइसिंगरले सान्त्वना गोल गरे। 

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा तीनै वटै गोल दोस्रो हाफमा भए। ५५ औँ मिनेटमा फिलिपले गोल गर्दै लास्कलाई अग्रता दिलाए। ५७ औँ मिनेटमा युनाइटेडका लिंगार्डले गोल गर्दै खेल १–१ गोलको अवस्थामा ल्याए। ८८औँ मिनेटमा युनाइटेडका लागि मार्सियलले दोस्रो गोल गर्दै टोलीलाई २–१ गोलको जित सुनिश्चित गराए। 

युनाइटेडले अब क्वाटरफाइनलमा डेनमार्कको क्लब एफसी कोपेनहेगनसँग प्रतिस्पर्धा गर्नेछ । कोपेनहेगनले गएराति नै भएको खेलमा टर्किस क्लब इस्तानबुल बसाकसेहिरलाई ३–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। यी दुईबीचको खेल अगस्ट १० मा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.