|

काठमाडौं : कोरोना भाइरसका कारण यो वर्षको युएस ओपन टेनिसको पुरस्कार रकम कटौती गरिएको छ। 

पुरुष र महिला सिंगल्स च्याम्पियनलाई यो वर्ष ३ मिलियन डलर पुरस्कार प्रदान गरिने छ। जुन गत वर्षको तुलनामा २२ प्रतिशत कम हो। युएस टेनिस एसोसिएशन (यूएसटीए) ले बुधबार उक्त घोषणा गरेको हो। 

युएसटीएका अनुसार यो वर्ष प्रतियोगितामा भाग लिने खेलाडीलाई कुल ५३.४ मिलियन पुरस्कारका रुपमा प्रदान गरिने छ। गत वर्ष ५७.२ मिलियन करिब ७ प्रतिशत कम हो। यद्यपी प्रतियोगिताको सिंगल्स तर्फ पहिलो चरणमा भाग लिने खेलाडीलाई भने पाँच प्रतिशत फाइदा हुने छ।

गत वर्ष पहिलो चरणमा प्रतिष्पर्धा गर्ने खेलाडीले ५८ हजार डलर प्राप्त गरेका थिए। यो वर्ष ६१ हजार डलर पुर्याएको छ। जहाँ दोस्रो र तेस्रो चरण पुग्ने खेलाडीको पुरस्कार रकममा कुनै अन्तर गरिएको छैन्। दोस्रो चरणमा पुग्नेले १ लाख डलर तथा तेस्रो चरणमा पुग्नेले १६३ हजार डलर प्राप्त गर्ने छन्। 

त्यसपछिका हरेक चरणमा भने पुरस्कार रकम कटौती गरिएको छ। सिंगल्स तर्फ चौंथो चरणमा पुग्ने खेलाडीलाई २ लाख ५० हजार डलर प्रदान गरिने छ। जबकी गत वर्ष २ लाख ८० हजार प्रदान गरिएको थियो। त्यस्तै यो वर्षको उपविजेतालाई १५ लाख डलर (१.५ मिलियन) प्रदान गरिने छ। जबकी गत वर्ष १९ लाख (१.९ मिलियन) डलर दिइएको थियो।

कोरोनाका कारण डबल्स तर्फ का खेलाडीलाई पनि मार परेको छ। मेन्स तथा वुमेन्स डबल्समा गत वर्षको भन्दा पुरस्कार राशीमा करिब ४६ प्रतिशत कटौती गरिएको छ।
 

नाडाल र फेडेरर नखेल्ने

कोरोना भाइरसको महामारीका कारण आक्रान्त बनेको अमेरिकामा हुने युएस ओपनमा उच्च वरियताका धेरै खेलाडीहरुले नाम फिर्ता लिइरहेका छन्। जसमा पछिल्लो समय राफेल नाडालले पनि सहभागिता नजाउने बताएका छन्। उनले एकदिन पहिले कोरोना भाइरसको खतराका कारण यो वर्षको युएस ओपन नखेल्ने निर्णय लिएको बताए। अहिले विश्वभर कोभिड १९ को खतरा उच्च विन्दुमा बढी रहेको छ। 

उनी अघि महिला तर्पm विश्व नम्बर एक अस्टेलियाकी एश्ले बार्टी, तथा पुरुष तर्पm विश्व नम्बर चार रोजर फेडेर तथा निक किर्गियोस लगायतले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। प्रतियोगिता यसै महिनाको अन्तिम अर्थात ३१ अगस्टबाट १३ सेप्टेम्बर सम्म न्योर्कमा हुने कार्यतालिका रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.