|
फाइल फोटो

काठमाडौं : विद्यार्थीले कक्षा ११ को वार्षिक परीक्षाका लागि बुझाएको शुल्क फिर्ता हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एक सूचना जारी गर्दै कक्षा ११ को परीक्षा सञ्चालन व्यवस्थापन, मूल्यांकन तथा नतिजा प्रकाशनको अधिकार विद्यालयले पाएकाले परीक्षा शुल्क फिर्ता गर्ने जानकारी गराएको हो।

बोर्डले जारी गरेको सूचनामा भनिएको छ,‘कक्षा ११ को परीक्षा सञ्चालन व्यवस्थापन, मूल्यांकन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा व्यवस्था भएअनुसार कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन विद्यालले नै गर्ने भएकाले २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुनका लागि परीक्षा शुल्क बोर्डमा बुझाइसकेका विद्यार्थीहरूको शुल्क ६ सयमध्ये परीक्षा सञ्चा‍लन तयारीका क्रममा भएको खर्चबापत दुई सय कट्टा गरी बाँकी चार सय नियमित परीक्षार्थीका हकमा आगामी वर्ष सञ्चालन हुने कक्षा १२ को परीक्षा शुल्कमा समायोजन हुनेछ।’

आंशिक ग्रेड वृद्धि परीक्षार्थीहरूको हकमा बोर्डले सञ्चालन गर्ने वार्षिक परीक्षा सहभागी हुने भएमा सोही परीक्षा शुल्कमा समायोजन गर्ने र परीक्षामा सहभागी हुन नपर्ने विद्यार्थीहरूको हकमा कक्षा १२ को प्रमाण–पत्रको शुल्कमा समायोजन गर्ने सूचनामा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.