|

मुगु : सदरमुकाम गमगढीनजिकै रहको एक खोलामा पुल नहुँदा काठको लिप्टोमा आवतजावत गरिरहनु परेको नागरिकले बताएका छन्। छायानाथ रारा नगरपालिका-१ अल्का साँघुमा पुल नहुँदा स्थानीयले एक वर्षदेखि काठको लिप्टो (फड्के) को भरमा जोखिम पूर्णयात्रा गरिरहेको बताएका हुन्।

गमगमढी नाक्चालाग्न सडक अन्तरगत पर्ने छायानाथ रारा नगरपालिकाको वडा नं १ अल्का साँघुमा काठे पुल बगाएको एक वर्ष बित्दा पनि पुल नहुँदा स्थानीय सानो काठको लिप्टोमा जोखिमपूर्ण यात्रा गर्नु परिरहेको  आवतजावत गर्ने नागरिकले गुनासो गर्दै आएका छन्।

गत वर्ष साउन ३२ गते परेको अविरल वर्षाका कारण गमगाढ खोलामा आएको बाढीले अल्का साँघुलगायत खोलामा रहेका दर्जन बढी काठे पुल बाढीले बगाएको एक वर्ष हुँदासम्म पुल मर्मतमा कसैको ध्यान गएको छैन। आजभोलि स्थानीय काठको लिप्टो लगाएर आवतजावत गर्न बाध्य भएका छन्।

पुल नहुदा तीर्थ जाने तीर्थयात्री, मुगुम कामरोगं गाउँपालिका स्थानीय र नगरपालिकाको वडा नं १०,११,१२ का नागरिक प्रत्यक्षरुपमा प्रभावित भएका छन्।

उनीहरुलार्ई सदरमुकाम गमगढीसम्म आवतजावत गर्न समस्या भएको छ भने पुल नहुँदा मान्छेसँगै गाईवस्तु वारपार गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिका ४ का जगत भामले बताए।  पुल बगाएपछि आवत जावतमा समस्या भए पनि सम्बन्धित सरोकारवाला निकायले बेवास्ता गरेको स्थानीय बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.