|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ।

प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको हो। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले परिवारका सदस्यसहित सुरक्षाकर्मीको पनि स्वाब परीक्षण गराउँदा ६ जनामा कोरोना देखिएको हो। 

सापकोटाका अनुसार सुरक्षाकर्मीहरुलाई संक्रमण देखिए पनि प्रचण्ड परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको थियो। उनका अनुसार निवासको सुरक्षामा बाहिरी घेरामा रहेका ६ जनलाई संक्रमण पुष्टि भएको हो। पछिल्लो समय काठमाडौंसहित देशभर सामूहिकरुपमा बस्दै आएकाहरुलाई कोरोना देखिन थालेको छ।

बुधबार मात्रै प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवमा पनि कोरोना देखिएको थियो। उनले काठमाडौंमा आएर गृहमन्त्री र प्रधानमन्त्रीसहितलाई भेटेर आइतवार जनकपुर फर्किए
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.