राजनीति

संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई काेराेना संक्रमण

फाइल फोटो
साउन २२, २०७७

    काठमाडाैं  :  संघीय संसद सचिवालयका प्रवक्तालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ।  

    केही दिनअघि मात्रै उनी कोरोना संक्रमण फैलिइएको जिल्ला पुगेर काठमाडौं फर्किएका थिए। सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी अध्ययनका लागि तराईका विभिन्‍न जिल्ला पुगेका थिए।

    पर्साबाट निर्वाचित उपसमितिका संयोजक प्रदीप यादवलाई पनि केही दिनअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]