|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहका छोरी, ज्वाइँ र पिएमा कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमित तीनै जनालाई प्रदेश सरकारले निर्माण गरेको लक्षमिनिया गाउँपालिकास्थित सपही आइसोलेसन सेन्टरमा भर्ना गरिएको छ । छोरी-ज्वाइँ र स्वकीय सचिव (पिए) कोरोना संक्रमित भएपछि मेयर साह होम क्वारेन्टाइनमा बसेका छन्। 

यस्तै जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाका पनि एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनी पनि आइसोलेसनमा भर्ना भएको बताइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.