|
फाइल फोटो

काठमाडौं :  ३२ जना सुरक्षाकर्मी र १ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सिल गरिएको छ।

आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एकजना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमण

देखिएपछि अख्तियारमा सिल गरिएको बताइएको छ।

यस्तै, अब कार्यलयको  अत्यावश्यक काम सञ्चालन गर्नका लागि पनि अख्तियारमा कार्यरत कर्मचारीले आफूलाई कोरोना नेगेटिभ भएको पिसिआर रिपोर्ट भएपछीि मात्रै कार्यालय जान पाउने व्यवस्था अख्तियारले  लागू गरेको अख्तियारका सूचना अधिकारी गणेशबहादुर अधिकारीले बताए।

उनले भने, ‘ कोरोना परिक्षणबाट कोरोना नेगेटिभ भएका कर्मचारी मात्रै अब कार्यलय आउन पाउने व्यवस्था गरिएको छ।‘ अख्तियार कार्यालय सिल गरिएपछि अत्यावश्यक कामबाहेक अन्य कर्मचारी, प्रमुख आयुक्त,आयुक्तहरू पनि कार्यालय गएका छैनन्।

यसअघि अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.