|

अर्घाखाँची : बँदेल मार्न आफैंले थापेको पासोमा परेर छत्रदेव गाउँपालिका-३ बल्कोटका ५० वर्षीय तुल्सीराम पाण्डेको बिहीबार मृत्यु भएको छ।

घर नजिकैको मकै बारीमा दिनहुँ बदेलले मकै खाएर नोक्सान गरेपछि उनले बँदेल मार्न बारीमा नाङ्गो तार बिच्छाएका थिए।  बारीमा तार बिच्छाएर फर्किने क्रममा चिप्लिएर लडेपछि उनलाई करेन्ट लागेको थियो।

बदेल र बाँदरबाट बारीमा पाक्दै गरेका मकै जोगाउन आफैंले थापेको पासोमा परि करेन्ट लागेर पाण्डेको मृत्यु भएको हो। यस घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख माधव बुढाथोकीले बताए । 

बदेल र बाँदरले मकै बाली नोक्सान गर्दै आएपछि किसान समस्यामा परेका छन्। बाँदर र बदेललाई नियन्त्रण गर्न जिल्लाको विभिन्‍न स्थानमा नाङ्गो तारमा करेन्ट लगाउने गरिएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.