|

मनाङ : बाढीले हिमाली जिल्ला मनाङसँग जोड्ने लमजुङको बेँसीशहर–चामे सडक पुनः अवरुद्ध भएको छ।

बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बिहीबार मनाङ–लमजुङ जोड्ने उक्त सडकखण्डमा अवरुद्ध भएको हो। सडकखण्ड अन्तर्गत लमजुङस्थित मर्स्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएपछि आवागमन रोकिएको छ।

बाढीले करिब २० मिटर सडक बगाएको डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीले बताए। त्यस्तै, उक्त सडकखण्डअन्तर्गत नै गाउँपालिकाको घोप्टेभीरको भाप्राखोलामाथि राखिएको ह्युमपाइप बगाएपछि अझ समस्यामा भएको छ। गत वर्ष राखिएका छवटै ह्युमपाइप बाढीले बगाएको अधिकारीले जानकारी दिए।

उनका अनुसार अन्य स्थानमा पनि पहिरो खस्ने क्रम जारी हुँदा एक्साभेटर र जेसिबी लगाएर बाटो बनाउन भने समस्या भएको छ। सडकका विभिन्न स्थानमा सानासाना पहिरोले सडक साँघुरो र हिलाम्मे हुँदा अझ यात्रा जोखिमपूर्ण बनेको उनको भनाइ छ। त्यस क्षेत्रका युवा, होटल व्यवसायीको पहलमा आवतजावतका लागि खोलामा फड्के बनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.