समाज

पहिरोमा पुरिएर बैतडीमा आमा-छोराको मृत्यु

फाइल फोटो
साउन २३, २०७७

    बैतडी : डिलाशैनी गाउँपालिका–४ बलालीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार ४० वर्षीया पशुपति बोहरा र उनका छोरा १२ वर्षीय रिकेशको मृत्यु भएको हो।

    बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरमा सुतिरहेका आमा–छोराको मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए। १६ वर्षीया सुजिता र १२ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएका छन्। घरमाथिबाट खसेको पहिरोले घर पुरिएको स्थानीय महेश पन्तले बताए।

    मृतक आमा–छोराको शव पोष्टमार्टमा लागि गोकुलेश्वर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका छन्। 

विनोद सिंह विष्ट

विष्ट थाहा खबरका बैतडी समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]