काठमाडौं : सुनको भाउ आज पनि तोलामा एक हजार रुपैयाँ बढेको छ।
हिजो १ लाख २ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज तोलामा १ लाख ३ हजार ५ सय पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।
लगातार उकालो लागिरहेको सुनको मूल्य रोकिएको छैन्। आज चाँदी पनि तोलामा ६० रुपैयाँ महंगो भएको छ। हिजो १३ सय ४५ रुपैयाँ तोला रहेको चाँदी आज १४ सय ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेपछि सुनको कारोबार ठप्प जस्तै भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।