|

सल्यान : जिल्लाको छत्रेश्वरी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट अझै ल्याउन सकेको छैन। सरकारको नेतृत्व गरेको नेकपाबाट निर्वाचित प्रतिनिधिहरुले गाउँसभा बहिष्‍कार गरेपछि नीति तथा कार्यक्रम र बजेट आउन नसकेको हो।  चालु आर्थिक वर्ष २०७७ /०७८ लागि गत असार १० गते गाउँसभामार्फत सार्वजनिक गरिएको निति तथा कार्यक्रम र बजेट अझै पारित हुन सकेको छैन। 

विगतका कार्यपालिका बैठकले पारित गरेको निर्णय कार्यन्वयन हुनु पर्ने, आवश्यकताभन्दा बढी करारमा भर्ना गरिएका कर्मचारी हटाउनुपर्ने लगायतका माग गरेर वामबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्‍कार गर्दै आइरहेका छन्।

करारमा रहेका कर्मचारी हटाएपछि मात्र गाउँसभा बस्न दिने वामको माग न्यायोचित नरहेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए। बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष केसीले  भने ‘विगतमा करारमा कर्मचारी भर्ना गर्दा उहाँहरूको सहमतिमा गरिएको हो तर आज यो मुद्या उठाएर गाउँसभा रोक्नु युक्तिसंगत छैन।’

आफूहरू अल्पमत रहेको र बहुमत वामको रहेको बताउँदै अल्पमतमा रहेर पनि राम्रो काम गर्‍यो भनेर राजनीतिक प्रतिशोध साधन विभिन्न बहाना गरेर गाउँसभा बहिष्‍कार हुँदै आइरहेको उनको भनाइ छ। उनकै सहमतिमा गाउँसभाबाट काम भइरहेको बताउदै न्यायालयले समेत मुद्‍दा सदर गरिसकेको उनको भनाइ छ। उनले भने, ‘असहमतिको बुँदा कुन हो त्यसमा नोट अफ डिसेन्ट लेखेर जानुस सहमतिका बुँदामा एकाकार भएर जाउँभन्दा पनि वामका साथीहरुले मान्नु भएको छैन।’

कार्यपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ५ जना नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधि रहेका छन भने १० जना नेकपाबाट निर्वाचित प्रतिनिधि रहेका छन्। पटक पटक बैठ्क बहिस्कार गरे पनि अन्ततः उहाँहरु (वाम) सहमतिमा आउनेमा आफु विस्वस्त रहेको अध्यक्ष केसीले दावी गरे।

करार कर्मचारी आन्दोलित

छत्रेश्वरी गाउँपालिकामा कार्यरत कर्मचारीहरूले संघर्ष समिति नै गठन गरेर आन्दोलन थालेको छन्। आफूहरूलाई राजनीतिक एजेण्डा बनाएको भन्दै करार कर्मचारीहरुले आन्दोलन थालेका हुन्।

करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने भनेर कार्यपालिकाबाट नै आवाज उठेपछि आफूहरू आन्दोलनमा गएको संघर्ष समिति संयोजक प्रभा डाँगीले बताइन्।

करारमा कार्यरत कर्मचारीहरुको तत्काल नियुक्ति दिइनु पर्ने, करार सम्झौता निरन्तरता हुनुपर्ने, राजनीतिक एजेण्डाको रूपमा  आफूहरूलाई प्रयोग नगरियोस् लगायतका माग राखेर आन्दोलन थालिएको उनको भनाइ छ। गाउँपालिकाले  १ सय १ जनालाई करारमा कर्मचारी भर्ना गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.