|

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेको सामग्री फेसबुक र ट्वीटरले हटाइदिएका छन्।   ट्रम्पले बालबालिकामा कोरोना भाइरसलाई प्रतिरोध गर्ने क्षमता भएको दाबी गर्दै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पोस्ट गरेका थिए। 

ट्रम्पले फक्स न्यूजलाई दिएको र फेसबुकमा पोष्ट गरेको कुराकानीको अंशमा कोभिडसम्बन्धी ‘हानिकारक मिथ्या सूचना’ भएको भन्दै फेसबुकले मेटिदिएको हो।

ट्विटरले पनि सोही अंश भएको ट्वीट नमेटेसम्मका लागि ट्रम्पको प्रचार अभियानको खाता निलम्बन गरिदिएको थियो।

अमेरिकी सरकारी निकायले दिएको जनस्वास्थसम्बन्धी सूचनामा बालबालिकामा कोभिड–१९ को प्रतिरोध गर्ने क्षमता नहुने उल्लेख छ। कोभिडसम्बन्धी नीति प्रयोग गरेर फेसबुकले ट्रम्पले प्रेषित गरेको सामग्री पहिलो पटक हटाइदिएको हो। तर उनको पेजमा प्रकाशित सामग्रीलाई फेसबुकले पहिला पनि कारबाही गर्ने गरेको थियो।

सोही अन्तर्वार्ताको अंश भएको सामग्री प्रेषित गरेपछि बुधवार नै ट्विटरले उनको नाममा भएको खाता निलम्बित गरिदियो।​ ट्विटरका एक प्रवक्ताका अनुसार उक्त ट्वीटले ट्विटरको कोभिड–१९ सम्बन्धी मिथ्या सूचनाबारे विद्यमान नीति उल्लङ्घन गरेको थियो।

ट्विटरका अनुसार उक्त खाताबाट फेरि अर्को ट्वीट गर्नुअघि खातावालले त्यो ट्वीट मेट्नुपर्ने जनाएको थियो। पछि उक्त ट्वीट मेटिएको पाइयो। यस अघि कोरोनाभाइरस र हाइड्रोक्सीक्लोरोक्वाइनबारे मिथ्या सूचनालाई प्रोत्साहन गरेको भन्दै गत महिना ट्विटरले ट्रम्पका छोराको खाता निलम्बन गरिदिएको थियो।

उनले फक्स टीभीको एउटा कार्यक्रममा टेलिफोनमा कुराकानी गर्दै देशभरि विद्यालय खोल्नुपर्ने तर्क गरेका थिए। बालबालिकाको प्रतिरक्षा प्रणाली अरूको भन्दा बलियो भएको तर्क गर्दै उनले भनेका थिए, ‘यदि बालबालिकालाई हेर्ने हो भने उनीहरुमा यो रोगविरुद्ध लगभग प्रतिरोधी छन्।, अनि उनीहरूलाई कुनै समस्या छैन, उनीहरूलाई समस्या छदैछैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.