|

गुल्मी : बजार गर्न घरबाट हिँडेका ५५ वर्षीय बेगबहादुर क्षत्रीकाे मृत्यु भएको छ। कालिगण्डकी गाउँपालिका ४ खोक्रोकका क्षत्रीलाई पहिरोले बगाएको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ। 

बुधबार बिहान घरबाट पुर्तिघाट बजार हिँडेका उनी साँझसम्म घर नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्दै जाँदा उनको शव घिसिङ खोला किनारमा फेला परेको थियो। 

करिब १ सय मिटर माथिबाट पहिरोले बगाएर खोला किनारमा पु¥याएको थियो। शवलाई पोस्टमार्टमका लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले  जनाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.