|

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ४६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा सात हजार ९२६ पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३३० छ। त्यस्तै, १० हजार २०७ जना क्वारेन्टाइनमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा  जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्।​ त्यस्तै,  २४ घण्टामा  ४२५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.