|

काठमाडौं :  काठमाडौं उपत्यकामा आजसम्मकै सबैभन्दा  धेरै १०६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

आजसम्म उपत्यकामा २४ घन्टाभित्रमा देखिएको यो सबैभन्दा धेरै संख्या हो। मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज उपत्यकामा १०६ जनामा कोरोना देखिएको बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ९२ जना, भक्तपुरमा ४ र ललितपुरमा १० जनामा कोरोना संक्रमण देखिएको हो।

केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १४ जना ललितपुरका ३ जना यस्तै टेकुस्थित सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा  भक्तपुर २ काठमाडौं ३९ ललितपुर पाटन अस्पतालमा  काठमाडौं ५ भक्तपुरका १ ललितपुरका २  त्रिवि शिक्षण अस्पतालमा काठमाडौं १ जना नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ७ जना स्टार अस्पतालको परीक्षणमा  काठमाडौंको  ११ ललितपुर १ जना,​ बिथ ल्याव ललितपुर १  काठमाडौं २ जना ह्याम्स अस्पतालको परीक्षणमा काठमाडौंका ४ र भक्तपुरको १ जना नेपाल कोरियामैत्री  अस्पतालमा काठमाडौंका १ जना वीर अस्पतालमा काठमाडौं ४ जना रहेका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा ४६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा सात हजार ९२६ पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३३० छ।

त्यस्तै, १० हजार २०७ जना क्वारेन्टाइनमा रहेका छन्। ​ त्यस्तै,  २४ घण्टामा  ४२५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.