|

जनकपुरधाम : कोरोना संक्रमणबाट मृत्यु भएका सिरहाका युवकलाई नेपाली सेनाको टोलीले सम्मानका साथ आज दिउँसो शव व्यवस्थापन गरेका छन्। गोलबजार नगरपालिका १२ का २१ वर्षीय युवकको बिहीबार राति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको छ। 

उनको शव चोहर्वा ब्यारेकका सेनाको टोलीले गोलबजार नगरपालिकामा पर्ने गागन नदीमा व्यवस्थापन गरेका हुन्। शव व्यवस्थापनका क्रममा उनलाई सेनाको टोलीले सलामी दिएको स्वास्थ्यचौकी गोलबजारका इन्चार्ज निरन्जन शाक्यले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.