|

सुर्खेत : सुर्खेतको एक वडा कार्यालयले नक्कली विवाह दर्ता गरेको पाइएको छ। सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ४ कार्यालयले बसाइसराइँ गरेर अन्तै गइसकेको व्यक्तिलाई नक्कली विवाह दर्ता गराइदिएको पाइएको हो। 

हाल वीरेन्द्रनगर नगरपालिका–४ मा बस्दै आएका ५७ वर्षीय भीमबहादुर बुढाको चिंगाड गाँउपालिका–४ को वडा कार्यालयले दोस्रो विवाह दर्ता गरिदिएको हो। बुढाले श्रीमती तिलसरी वली (गुर्भाकोट नगरपालिका वडा नं. १) संग विवाह गरेको भन्दै २०७६ माघ ४ गते नक्कली विवाह दर्ता गराएका हुन्। 

उनले कान्छी श्रीमतीसँग ०७४ भदौ १९ गते विवाह भएको भन्दै विवाह दर्तामा उल्लेख गरिएको छ। तर सो विवाह दर्ता वडा कार्यालयको रजिस्ट्रारको अभिलेखमा छैन। बिहेको दर्ता नम्बर १५६ उल्लेख गरिएको छ। तर वडा कार्यालयको रजिस्ट्रारको अभिलेखमा भने ०७६ सालमा १ सय १३ वटा मात्र भएको देखिएको छ। 

बुढाले यसअघि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पहिलो श्रीमती गीता कुमारी बिसीसँग ०७१ साल जेठ ६ गते विवाह दर्ता गराएका थिए। पहिली श्रीमतीसँग सामाजिक परम्परा अनुसार २०५८ साल मंसिर १२ गते मागी विवाह भएको हो। 

जेठी श्रीमती गीताले जिल्ला प्रहरी कार्यालयमा बहुविवाह मुद्दा हालेपछि बिसीसँगै कान्छी श्रीमती अहिले हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालयले यही साउन १० गते पक्राउ गरी अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिए।

श्रीमानले अब बिहे दर्ताको प्रमाण बनाइसकें भन्दै धम्क्याएका जेठी श्रीमती गीताले बताइन्। साथै उनले नक्कली विवाह दर्ता गर्न चिङ्गाड गाउँपालिका ४ का वडाध्यक्ष अम्मरबहादुर चन्दको मिलेमतो रहेको आरोप लगाइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.