|

बाँके : धमाधम कोरोना संक्रमित फेला पर्न थालेपछि नेपालगन्जको मुख्य क्षेत्र सिल गरिएको छ। शनिबारसम्म जारी गरिएको निषेधाज्ञा मंगलबार रातिसम्म बढाइएको छ। कोरोना संक्रमित बढ्दै गएकोले निषेधाज्ञाको समय बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। 

तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रशासनले नेपालगन्जका प्रमुख ठाउँलाई सिल गरेको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विज्ञप्ति नै जारी गरी सुर्खेतरोडलाई बाहिर पारेर नगरका मुख्य चोक, बजार र क्षेत्र सिल गरिएको जनाए। ​सुर्खेतरोडलाई बाहिर पार्ने गरी पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकदेखि चारवाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाउँ, बाँकेगाउँदेखि रिङरोड फुल्टेक्रास्थित आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म, नहरपुर्वा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला क्षेत्र २४ साउन रातिदेखि लागू हुनेगरि सिल गरिएको प्रशासनले जनाएको छ।

‘प्रशासनले गरेको निर्णयको बर्खिलाप गर्ने, अवहेलना गर्ने वा कामकाजमा बाधा पु¥याउनलेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने छ,’ सहायक सिडिओ उपाध्यायद्वारा जारी सूचनामा उल्लेख छ। 
 
यसैबीच बाँकेमा शुक्रबार थप ४९ जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा शुक्रवार थप ४९ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.