|

बस्टन (अमेरिका) : गायक प्रेमराजा महत र उनकी श्रीमती कविता महत कोरोना (कोभिड-१९) संक्रमणमा परेका छन्। महत परिवार अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा व्यवसाय गर्दै र बस्दै आएको छ।

आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जालमार्फत जनाएका छन्। महतले लेखेका छन्, 'ध्यान राख्दा-राख्दै दुर्भाग्यवश हाम्रो श्रीमान/श्रीमती पनि यसबाट बँच्न (जोगिन) सकेनौ। हामी अहिले आफ्नै घरको एक एक कोठामा आइसोलेसनमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं।'

अमेरिकाका लागि नेपाली महावाणिज्यदूतसमेत रहेका तनहुँका गायक महत मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा सन् १९९०को दशकदेखि व्यवसाय गर्दै र बस्दै आएका छन्। उनले नेपाल हाउस नामक रेष्टुराँ चलाएका छन् भने सामाजिक रूपमा पनि निकै सक्रिय छन्।

गायक महतको फेसबुक स्टाटस :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.