|

एजेन्सी : भारतको केरल राज्यमा शुक्रबार बेलुकी भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।

दुबईबाट आएको एयर इन्डियाको फ्लाइट आइएक्स १३४४ जहाज केरलको कोझीकोड एअरपोर्टमा अवतरण गर्दै गर्दा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालकदलका ७ जना सदस्यसहित १९० जना सवार थिए। यात्रुमध्ये १० जना बालबालिका रहेको जनाइएको छ। 

घाइते भएका झण्डै १६० जना यात्रीलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ। दुर्घटनामा परेका २५ यात्रुको अवस्था गम्भीर छ। 

शुक्रबार साँझ ७ बजेर ३८ मिनेटमा यो जहाज एयरपोर्टमा अवतरण गर्ने क्रममा थियो। त्यतिखेर निकै ठूलो झरी परेको र धावन मार्गमा छुनासाथ विमान रनवेमा चिप्लिएको थियो। 

दुर्घटनाका कारण दुई टुक्रा भएको जहाजको अघिल्लो भाग नराम्ररी क्षतिग्रस्त भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.