|

काठमाडौं :  सञ्चारकर्मी प्रकाश सुवेदीले एक टेलिभिजन कार्यक्रममा नायिकामाथि गरेको कटाक्षको विषयलाई लिएर नायिका पूजा शर्माले आक्रोश व्यक्त गरेकी छन्। फेसबुकमा स्टाटस लेख्दै उनले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानि गरिएको बताएकी हुन्।

‘इन्टरभ्यु दिने पनि आफैं, बोल्ने पनि आफैं, नआउने पनि आफैंलाई, अनि हामी चैं काटिदिनुपर्ने, त्यो पनि मिलाइमिलाइ‘ महानायिका बनाइदिनुपर्ने, त्या पनि दारा निस्केको अनुहारलाई‘ कति हाँस्नु’ भनेर सुवेदीले कटाक्ष गरेको थिए।

उनको यो कटाक्ष नायिका शर्माप्रति लक्षित रहेको अनुमान धेरैको छ।  तर, उनले नाम भने कसैको पनि लिएका थिएनन्। ‘अन्तरवार्तामा बोलाइयो, गएँ। सामान्य ज्ञानसँग सम्‍बन्धित प्रश्न सोधियो। इन्टरभ्यू चल्दाचल्दै मैले उहाँलाई मैले राम्रो गर्न सकिनँ, प्लिज यो काटिदिनुस् भनेँ। तर, मान्नुभएन’, पूजाले लेखेकी छन्, 'सुवेदीले फेरि आफूलाई अन्तरवार्ताका लागि बोलाए, म मानसिक तनाव झेलिरहेकी थिएँ। अब फेरि पुरानो गल्ती कसरी गर्न सक्थेँ? म त्रसित पनि थिएँ। त्यसैले मैले सरी दाइ म आउन सक्दिनँ भनेँ।’

त्यसपछि सुवेदीले आफ्नो कार्यक्रममा मलाई लक्षित गरेर ‘दारा निस्केको महानायिका भनेर शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानि गर्न कुनै कसुर नछोडेको शर्माले बताएकी छिन्।

उनी भन्छिन्, ‘के पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ? पत्रकारले गर्न सक्ला मानौं, के टेलिभिजनमा यस्ता असभ्य कुराहरू सम्पादन गर्ने कुनै निकाय छैन? हरेक ट्रोलको सिकारदेखि यस्तो अभद्र व्यवहारप्रति हामी कलाकार सधैं मौन नै रहनुपर्ने? अहिले आएर उहाँले मैले कसैको नाम तोकेको छैन भनेर पन्छिन मिल्छ? यो ढंगको प्रस्तुतीकरणले के पत्रकारिताको इज्जत बढ्छ?’ केही समयअघि नायिका शर्मा सामाजिक सञ्जालमा सुवेदीसँग लिएको अन्तर्वार्ताका ट्रोलको विषय बनेकी थिइन्।

जसमा उनले देशमा कति वटा प्रदेश छन्? कति वटा जिल्ला छन्? भन्ने सामान्य प्रश्नहरूको जवाफ दिन सकेकी थिइनन्। अर्को एक टेलिभिजनमा अन्तर्वार्तामा पूजाले सुवेदीले बोलाएको अन्तर्वार्तामा कहिल्यै नजाने बताएपछि आफ्नो कार्यक्रममा उक्त कटाक्ष गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.