स्वास्थ्य

माेटा मानिसमा काेराेनाकाे उच्च जाेखिम, खानपिनमा ध्यान दिन डाक्टरकाे सल्लाह

साउन २४, २०७७

    काठमाडाैं : मोटोपनसँग कोरोनाको सम्बन्ध हुने स्वास्थ्यकर्मीहरुले बताउन थालेका छन्। बेलायती वैज्ञानिकहरूले मोटोपन भएका व्यक्तिमा कोरोनाको उच्च जोखिम रहने भन्दै चेतावनीसमेत दिइसकेका छन्। 

    कोरोनाको सामना गर्नुपर्दा अत्यधिक तौल र मोटोपन भएकाहरु गम्भीर बिरामी पर्न सक्ने उनीहरुले बताएका छन्। उनीहरुमा मृत्युको सम्भावना पनि उच्च रहेको डाक्टरहरुले भनेका छन्।

    अनुसन्धानले अत्यधिक तौल र मोटो व्यक्तिलाई कोरोना लागेमा मृत्यु हुने सम्भावना पनि बढी रहेको बताएकाे छ। शोधबारे बताउँदै एक जना भारतीय डा. कटर उमाका अनुसार मोटो व्यक्तिमा कोरोनाको जोखिम बढी हुने गरेका छन्।

    यसअघि इन्फ्लुएन्जा महामारीमा परेर मृत्यु भएका धेरै मानिस माेटा रहेका उनले बताइन्।

    कसरी राेक्ने माेटाेपन ?

    मोटोपन रोक्न र वजन घटाउन, पहिले चिनी प्रयोग गर्न रोक्नुपर्ने डाक्टरहरुकाे सल्लाह छ। भारत रायपुरका डाइटिसियन डा. निन्डे पाण्डे भन्छन्, 'वजन र मोटापन कम गर्न कार्बोहाइड्रेट पेय पदार्थ पनि बन्द गर्नुपर्दछ। किनभने यसको प्रयोगले तौल बढाउँछ।' उनका अनुसार हरेकले रोटी पकाउनुअघि पिठो चाल्ने काम बन्द गर्नुपर्छ। उक्त मसिनो चाल्नोले चोकर निकाल्छ। उक्त चोकरमा फाइभर पाइन्छ। त्यो फाइभरले मोटोपन कम गर्न मद्दत गर्दछ।

    कम पानी पिउँदा पनि मोटोपन बढ्ने ती डाक्टरले बताए। उनले भने, 'हामीले खानेकुरामा सोडा, बेकिंग सोडा तुरुन्त प्रयोग बन्द गर्नुपर्छ। यसको सेवनले शरीरमा मोटोपन बढाउँछ। हामीले खाने भटमासको तेलले पनि तौल वृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ। यसले गर्दा खानामा विशेष खाल गर्नुपर्छ।'

    भाष्कर डटकमबाट

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]