|

बाँके : बाँकेमा शनिबार थप २० जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा यो संख्यामा कोरोना पोजेटिभ भेटिएको हो। तीमध्ये १६ जना नेपालगन्ज र चार जना कोहलपुरका रहेका भेरी अस्पतालले जनाएको छ।
 

कोहलपुर नगरपालिका वडा नं. ११ का तीन र वडा नं. ५ का एकजना रहेका छन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका दुई जनामा पनि कोरोना देखिएको अस्पतालले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.