|

काठमाडौं : गायिका सोनिया डिसी र गोपाल बटालाले महिला उत्पीडनविरुद्ध टेलिभिजन सिरियल 'घाइते मुटु' सार्वजनिक गरेका छन्।

अज्ञानता, अशिक्षा तथा पुरुषसत्तावादी सोचको शिकार बनेका महिलाको दारुण दृश्य सिरियलमा देखाइएको छ। खासगरी ग्रामिण भेगमा महिलाले परिवार, छरछिमेक र समाजबाट हरेक दिन भोग्नु परेका पीडालाई कलात्मक रुपमा सिरियलमा उतारिएको छ।

हालै सार्वजनिक भएको पहिलो भागमा रजश्वला भएकी युवतीले आफ्नै बिरामी आमालाई छुन नपाउँदा आमाको ज्यान नै गएको दृश्य मार्मिक तरिकाले देखाइएको छ। जहाँ पुरुषसत्तावादी सोचबाट ग्रसित नेपाली समाजको यथार्थ उदांगो पारिएको छ।

बसन्त खनालको निर्देशनमा तयार भएको उक्त सिरियलको गोपाल बटालाले व्यवस्थापन गरेका छन्। सिरियलमा भुपाल कार्की, गोपाल बटाला, लक्ष्मी लामा, मधु दुश्मन, दीप श्रीपाली, सम्राट घिमिरे, रिदम महत लगायत कलाकारले अभिनय गरेका छन्। क्यामेरा र सम्पादनमा आर डी राधा दुलालको भूमिका छ।

गायिका सोनियाले नेपाली समाजको विसंगत पक्षलाई हटाउन र नयाँ चेतना उजागर गर्न आफ्नो भिडियो श्रृंखलाले केही मद्दत गर्ने अपेक्षा गरेकी छन्। सोनियाको 'घाइते मुटु' युट्युबमा पनि उपलब्ध छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.