समाज

लमजुङका ३९ घरमा बाढीपहिरोले पूर्ण क्षति पुर्‍यायो

साउन २४, २०७७

    लमुजुङ : अविरल वर्षाका कारण गएको बाढी पहिरोले लमजुङका ३९ घर पूर्ण क्षति भएका छन्। बाढीपहिरोले जिल्लाका आठ वटै स्थानीय तहमा क्षति पुर्‍याए पनि सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिकाका घर पूर्ण क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। 

    हालसम्म प्राप्त तथ्यांकअनुसार दूधपोखरी गाउँपालिकाका ६ घर, राइनास, बेंसीशहर मध्यनेपाल नगरपालिकाका २÷२ घर पूर्ण क्षति भएका छन्। त्यस्तै सुन्दरबजार नगरपालिका, दोर्दी र क्व्होलासोंथर गाउँपालिकाका एकएक घर पूर्ण क्षति भएका समितिले जनाएको छ। 

    वडा कार्यालय र प्रहरी मुचुल्कासमेत प्राप्त पूर्ण क्षति भएको घरहरूको सो विवरण गण्डकी गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। 

    समितिले स्थानीय तहहरूलाई एक साताभित्र ०७६÷७७ को स्थानीय विपद् व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन बुझाउनसमेत अनुरोध गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]