|

दाङ: दाङका क्वारेन्टाइनमा बसेका थप तीन जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ। 

तुलसीपुर उपमहानरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ३ जना व्यक्तिमा कोरोना पुष्टि भएको उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिएका छन्‌। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

साउन २१ गते लिइएको स्वाब परीक्षणमा राप्ती लाइफ केयर क्वारेन्टाइनमा रहेका १ जना, मावि सेन्टर स्कुलको क्वारेन्टाइनमा बसेका १ जना र होम क्वारेन्टाइनमा बसेका १ जनामा संक्रमण पुष्टि भएको केसीले जानकारी दिए।

उनीहरु वडा नम्बर ८, ११ र १७ का २२,३१ र ३४ बर्षीय पुरुषहरु हुन्‌। संक्रमितहरुलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ।

दाङमा हालसम्म ६५९ जनालाई कोरोना संक्रमण भएको छ। ती मध्ये ६४४ जना निको भएर घर गएका छन्। कोरोना विशेष अस्पताल र आइसोलेसनमा १२ जना संक्रमितहरु उपचारार्थ रहेको प्रदेश ५ मामिला सुचना केन्द्र दाङका सहजकर्ता अरविन्द्र केसीले जानकारी दिए।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा ४ जना र कोरोना विषेश देउखुरी आइसोलेसन लालमटियामा ८ जना रहेको उनले बताए।  जिल्लाका विभिन्न स्थानीयतहका क्वारेन्टाइनमा १९३ जना बसेका छन् भने जिल्लाका गढवा, घोराही,दंगीशरण र बंगलाचुलीका क्वारेन्टाइनहरु खालि भइसकेका छन्। 

त्यसैगरी, दाङमा समुदायस्तरमा कोरोना संक्रमण भेटिएको छैन्। जिल्लाका १० स्थानीय तहमध्ये ५ तहमा समुदायस्तरमा कोरोना परीक्षण गर्दा संक्रमण नदेखिएको हो।

तुलसीपुर उपमहानगरपालिकाका समुदायमा गरिएको परीक्षणमा पनि कोरोना संक्रमण नेगेटिभ आएको छ। विभिन्न क्षेत्र र समुदायका मानिसहरुको स्वाब संकलन गरिएकोमा सबैको नेगेटिभ आएको तुलसीपुरका उनले जानकारी दिए।

उनका अनुसार १ सय ७३ जना  यातायात व्यवसायी ,व्यापारी, पत्रकार र स्वास्थ्यकर्मी लगायतमा कोरोना चेकजाँच गरिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.