|
फाइल फोटो

भक्तपुर : गएराति भक्तपुरको च्यामासिंहमा जगाति चोकतर्फ जाँदै गरेको बा १९ च ३३८४ नं को हात्ती गाडी र बिपरित दिशाबाट आउदै गरेको बा ६६ प २८१० नं. को मोटरसाइकल एक आपसमा  ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुने मोटरसाइकल चालक भक्तपुर कमलविनायक–४ बस्ने २९ वर्षिय सुमन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट घाइते भएका श्रेष्ठलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए।

घटनामा संलग्न दुवै सवारी साधन र गाडी चालक रामेछाप सुनापती गाविस–७ घर भई हाल काठमाडौ शंखमुल बस्ने २१ वर्षिय नारायण बहादुर श्रेष्ठलाई   महानगरीय प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.