|

काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। २४ घण्टायता काठमाडौंका तीन जिल्लामा ९२ जना नयाँ संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अुनसार उपत्यकामा तीन जिल्लामध्ये सबैभन्दा धेरै काठमाडौंमा संक्रमित बढ्दैछन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं ४४ जना नयाँ संक्रमित भेटिएका छन्। त्यसैगरी त्यहीँ भएको परीक्षणमा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका १८ जना संक्रमित थपिएका छन्। त्यसैगरी ललितपुरस्थित पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंकै ५ जना नयाँ संक्रमित भेटिएका छन्। 

अर्कातिर ललितपुरकै स्टार अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट काठमाडौंकै १३ जना संक्रमित थपिएका छन्। ललितपुरका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

धुम्बाराहीस्थित ह्‍याम्स अस्पताल प्रयोगशाला काठमाडौंकै ८ जनामा संक्रमण पुष्टि भएको छ। उता भक्तपुरस्थित नेपाल-कोरिया मैत्री अस्पताल काठमाडौं १ जनामा संक्रमण पुष्टि भएको छ। वीरेन्द्र अस्पताल काठमाडौंकै अर्का १ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.