पौडेलसहित परिवारका सदस्य होम आइसोलेसनमा

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। महासचिव पौडेलको सुरक्षामा खटिएका एकजना अंगरक्षकलाई कोरोना पुष्टि भएको उनका स्वकीय सचिव याम पाण्डेले थाहाखबरलाई बताए। 

'घर परिवारका सबै सदस्य, सुरक्षाकर्मी र ड्राभइरकोसमेत कोरोना जाँच भएको थियो। महासचिवसहित अन्य सबैको रिपोर्ट हिजै नेगेभिट आएको थियो', पाण्डेले भने 'तर अंग रक्षकको आज रिपोर्ट पोजेटिभ आएको हो।'

अंगकरक्षकलाई कोरोना पुष्टि भएपछि महासचिव पौडेल काठमाडौंमै होम आइसोलेसनमा बसेका छन्। उनका परिवारका सदस्य र चालकलाई पनि होम आइसोलेसनमा राखिएको छ।

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो। त्यसपछि प्रचण्ड अहिले सबै भेटघाट बन्द गरेर होम आइसोलेसनमा बसेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.